इटहरी : नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदारले कांग्रेस भित्रको गुटको राजनीतिमा नलाग्ने बताएका छन् । पार्टी भित्रको गुट उपगुटलाई मिलाउन आफु शशक्त रुपमा लाग्ने उनले बताएका हुन् ।

इटहरी वडा नम्बर ३ को तालतलैयाँमा आयोजित बृहत कार्यकर्ता भेलामा सम्बोधन गदै गच्छदारले पार्टी भित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको गुटमा सहभागी हुन नआएको जिकिर गर्दै भने, ‘म कुनै पनि गुटमा राजनीति गर्दिन अहिले भएको गुटलाई मिलाउन मेरो भुमिका रहन्छ ।’

उनले देशमा दुईतिहाईको सरकार रहेको भएपनि सरकारप्रति जनतामा निराशा छाएको दाबी गर्दै अहिले देशमा हुन लागेको उपनिर्वाचनमा कांग्रेसले विजय प्राप्त गर्ने समेत उनको भनाई रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति मणिराम श्रेष्ठले कांग्रेस आफै सुध्रनुको विकल्प नभएको बताए । तालतलैयाँ विकास तथा संरक्षण समितिका अध्यक्ष विरबहादर लिम्बुले विजय गच्छदारकै कारण तालतलैया क्षेत्रमा शान्ति सुरक्षा बलियो बनाएको बताए ।