धरान : धरानमामंसिर १४ गते हुने निर्वाचनका लागि कहिले आशिर्वाद त कहिले समस्या सुन्दै मत मागिरहेका नेपाली कांग्रेसका मेयरका उम्मेद्वार शनिबार सयपत्री फुलदिदै मत माग्दै गरेको अवस्थामा भेटिएका छन् ।

यसपाली परिवर्तनको पक्षमा तपाईको मत भन्दै घरदैलौ गरिरहेका तिलक राईले धरान १७ को विभिन्न टोलमा मत माग्न ब्यस्त देखिन्थे । २०५४ मा वडामा र २०७४ सालमा सम्पन स्थानिय निकायको निर्वाचनमा नगरमा पराजय भएका राई यसपटक भने सबैको उत्साहजनक साथ पाएर उत्साहित देखिन्छन् भष्ट्राचार अन्त्यगर्ने, कर घटाउने, भ्रष्टाचार मुक्त घरान बनाउने नारा सहित घरदैलौमा रहेका राई शनिबार १७ नम्वर वडाको रेल्वे, ऐश्वर्य लाइन, लोकप्रियमार्ग, स्मृतिमार्ग, खहरे टोल, डांडा घोपा, फोक्ल्याण्ड टाँपु, पटनाली जस्ता टोलमा मत माग्न पुगेका थिए ।

patnali