धरान: मंसिर १४ गतेको उपनिर्वाचनमा धरानको मेयरमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको छ ।

धरान १५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आइतबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको हो । कार्यालयका अनुसार यसअघि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुले चुनाव चिह्न पाइसकेका छन् । ती दलबाहेक मेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवाहरुलाई आज चुनाव चिह्न प्रदान गरिएको हो ।

धरानको मेयरमा ११ जना स्वतन्त्र र १२ जना विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवारहरुमध्ये कसैले पानीको वोतल, कसैले केटा र केटी, कसैले क्यामेरा, ब्याडमिन्टनको कर्क, इस्टकोट, चमेरो चुनाव चिह्न पाएका छन् । यसगरी, कसैले बाकस, ब्याट्री, क्यालकुलेटर, काउली र ज्यावल पनि चुनाव चिह्न पाएका छन् ।

election 1