धरान: चुनावको मुखैमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालका मजदुरहरुले पार्टी परित्याग गरेका छन् ।

सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै जिल्ला कार्य समिति सुनसरी र धरान नगर कार्यसमितिका कुल ४ सय २६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पत्रकार महासंघ सुनसरीको भवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सिनियर कमाण्डर प्रेम गुरुङको नेतृत्वमा धरानका टेम्पो, सिटी सफारी, रिक्सा, दैनिक ज्यालादारी लगायतका मजदुरहरुले राजीनामा दिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा केन्द्रीय सिनियर कमाण्डर प्रेम गुरुङ, केन्द्रीय सिनियर कमाण्डर सिजन राजधामी, प्रान्तिय केन्द्र सदस्य गोकर्ण सिंघक, सुनसरी जिल्ला अध्यक्ष सन्तोष केदेम, धरान नगर कोषाअध्यक्ष खेम खडका, मजदुर अध्यक्ष पूर्ण बान्तवा, मजदुर सचिव समिर राई, सह सचिवनरेन्द्र राई, मजदुर उपसचिव टंक गेलाल, नगर सचिव शुक्रराज राईलगायत नेता, कार्यकर्ताहरुले संयुक्तरुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

मंसिर १४ को चुनावमा मञ्चबाट जिल्ला अध्यक्ष अमर इजमले मेयरमा उम्मेदवारी दिएका छन् । उनी प्रचारप्रसार अभियानमा रहेको बेला पार्टीका मजदुरहरुले भने परित्याग गरेको घोषणा गरेका हुन् । पार्टीका नेताहरुले मनपरी ढंगले पार्टी चलाएको, सिद्धान्त अनुसार समानुपातिक, समाबेशी र सहअस्तित्वलाई नेतृत्वले स्वीकार गर्न नसकेको साथै मजदुर कार्यकर्ताहरुलाई भोट बैंककोरुपमा मात्र उपयोग गर्न खोजको भन्दै उनीहरुले संयुक्तरुपमा पार्टी परित्याग गरेको बताएका छन् । गुरुङ्गले लिम्बुवान पार्टिभित्र बिभिन्न नाताबाद, कृपाबाद र जातीय भेदभाव अबलम्बन गरेका हुनाले पार्टीको जिममेबारी व्यक्तिले कुनैपनि योगदानको कदर नगरेको आरोप पनि लगाएका छन।

limbuwan1