गाईघाट : उदयपुरको चौदण्डिगढी नगरपालिका ९ भिमास्थित मदन भण्डारी स्मृति लोकमार्गमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

आज शुक्रबार बिहान पौने १२ बजेको समयमा बेल्टारबाट गाईघाटतर्फ जादै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक सुनसरीको कालाबन्जार गाउँपालिका ३ बस्ने २३ वर्षीय दिपक बि.क र सोही मोटरसाईकलमा पछाडि सवार सोही स्थान बस्ने उनकै दाजु २४ वर्षीय रमेश बि.क घाईते भएका थिए ।

घाईते दुबैजनाको प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भईरहेकोमा मोटरसाईकल चालक दिपकको दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।