इटहरी : इटहरीमा पहिलो पटक रात्रीकालिन वाईवाई एरिना गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । इटहरीमा रहेको एरिना टेलिभिजनले आफ्नो आठौँ वार्षिक उत्सवको असर पारेर इटहरीमा रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यही मंसिर २० गतेबाट इटहरी रंगशालमा हुने गोल्डकपमा प्रदेश १ मा रहेका विभिन्न नगरपालिका सहभागी हुने एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले बताए । आफूहरुले इटहरीमा यसअघि पनि रात्रीकालीन क्रिकेट प्रतियोगिता आयोजना गरेकाले रात्रीकालीन फुटबल प्रतियोगिता गर्न सहज हुने उनको भनाई छ । खेलको विजेता टिमलाई कति राशी दिने भन्ने बिषयमा छलफल भईरहेको उनले बताए ।