झापा: आगामी पुस ९ गतेदेखि शुरु हुने भनिएको तेस्रो अन्तर्रा्ष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको करिब ६० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको छ । महोत्सव आयोजक मेची उद्योग वाणिज्य संघका अनुसार स्टलहरु धमाधम बुकिङ्ग भईरहेका छन् ।

मंसिर १ गतेबाट बुकिङ्ग खुल्ला गाराईएकोमा ५ दिनमा ६० प्रतिशत भन्दा बढी स्टलको बुकिङ्ग भईसकेको र अन्य स्टल बुकिङ्ग हुने क्रममा रहेको आयोजक समितिका संयोजक भुमी पौडेलले जानकारी दिए । भ्रमण वर्ष–२०२० लाई लक्षित गरी आगामी पुस ९ गतेदेखि तेस्रो अन्तर्रा्िष्ट्रय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको हो ।

नेपालमा भित्रिएका र भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनी अवलोकन गराउने उद्देश्यले धुलाबारी विजनेस पार्क परिसरमा महोत्सव सञ्चालन गर्ने तयरी तिब्र रुपमा भईरहेको छ । २ सय स्टलहरु रहने उक्त महोत्सवमा विभिन्न उत्पादन तथा कच्चा पदार्थहरु साथै अन्य विभिन्न उपकरण र आधुनिक औजारहरुको प्रदर्शनी रहने छ । हालसम्म बकिङ्ग भएका स्टलहरुमा आटो मोबाईल्स, सुचना प्रविधि, वित्तिय संस्थाहरु, लुब्रिक्यान्टस, फोटो जोन, पयर्टन, कृषि, फाटो प्रदर्शनी, विभिन्न ह्यान्डीक्राफ्ट लगायत रहेका छन् ।

घरेलु उद्योग तथा स्थानिय उत्पादनलाई महोत्सवको माध्यमबाट उपभोक्ताहरुको माझमा ल्याउन महोत्सवले पुलको काम गर्ने मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापित गर्ने मूल लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका, विदेशी वस्तुहरु र पहाडी जिल्लाका कृषिजन्य र अन्य उत्पादनका समेत गरी करिब २ सयवटा स्टलहरु रहने संघका अध्यक्ष तिम्सिनाले बताए ।

नेपाल लगायत छिमेकी राष्ट्रहरुका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा सहभागी गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकनसहित जानकारी गराउनु महोत्सवको मुख्य विशेषता हुने जनाइएको छ । महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँको कारोवार हुने हाम्रो अनुमान गरिएको छ । महोत्सव आयोजक समितिका संयोजक भूमि पौडेलले ९ दिवशीय महोत्सवलाई प्रदर्शनी र विक्री कक्ष, साँस्कृतिक तथा साँगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी चार भागमा विभाजन गरिएको जानकारी गराए । पौडेलका अनुसार प्रदर्शनी कक्षमा छुट्टा–छुट्टै परिसर निर्माण गरी अटो मोवाइल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामाग्री, अन्तर्रा्िष्ट्रय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाकसँगै जुत्ताचप्पलका स्टलहरु रहनेछन् ।

आयोजकले नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश उद्योग वाणिज्य महासंघ, मेचीनगर नगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय, झापा जिल्लाका स्थानीय तहलगायतसँग सहकार्य गरी महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्ने योजना अघि सारेको बताईएको छ । पर्यटन भ्रमण वर्ष–सन् २०२० लाई समेत लक्षित गरी आयोजना गर्न लागिएको महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजकले उद्योगपति, व्यापारी, स्थानीय निकाय, राजनीतिक दल, सुरक्षा निकायलगायत सबै पक्षसँग अपिल समेत गरेको छ ।

कुनैबेला पूर्वको हङकङ मार्केटको रुपमा प्रख्यात धुलाबारी बजार पछिल्लो समय व्यवसायीक प्रर्वद्धन खस्किँदै गएको छ । खस्किँदो अवस्थालाई प्रवद्र्धन गर्न समेत यो महोत्सवले सहयोगी भूमिका निर्वाह गर्ने अांकलन गरिन्छ ।