धरान : नेपाली कांग्रेसका मेयरका उम्मेद्वार तिलक राईले धरानको वडा नंं. ५ मा मतदातासँग समस्या तथा गुनासो सुन्दै मत मागेका छन् ।

आज शनिबार ५ नम्बर वडाको साउनेटार, ठिंगाबारी, खैरेनी लगायतस्थानमा कांग्रेसले घरदैलो कार्यक्रम गरेको हो । भष्ट्राचार अन्त्यगर्ने, कर घटाउने, भ्रष्टाचार मुक्त घरान बनाउने नारा सहित घरदैलौमा रहेका कांग्रेसका मेयरका उम्मेद्वार राई शनिबार ५ नम्बर वडाको साउनेटार, ठिंगाबारी, खैरेनी लगायतस्थानमा मत माग्न पुगेका छन् । राईले खेतबारीमा काम गरिरहेका मतदातासंग मत माग्दै गुनासो तथा समस्या पनि सुनेका छन् । खेतमा धानको मुठा बान्दै गरेकी रोजिना श्रेष्ठले आफ्नो गाउँको बाटो मूख्य समस्या रहेको गुनासो गरेकी छन् । बाटोको कारण वृद्धवृद्धा तथा बालबच्चा विरामी धेरै हुने गरेको उनले सुनाईन् । उनले भनिन्, ‘विगतमा जितेर गएको मेयरका उम्मेद्वारले बाटो बनाईदिने प्रतिवद्धता गरेका थिए । तर अहिलेसम्म बाटो जस्ताको तस्तै छ ।’ विगतमा जितेर गएका मेयरका उम्मेद्वारले झुटो आश्वासन दिएको उनले आरोप लगाईन् । ‘सधै एउटैलाई मात्र जितायौ, विकास केही भएन, अब यसपटक हामि परिवर्तनको पक्षमा मत हाल्छौ’ उनले भनिन् । मेयरका उम्मेद्वार राईले आफु यसपटक विजयी भएर धरानको हरेक क्षेत्रको समस्या हल गर्ने बताए ।

nc-mass

 घरदैलो कार्यक्रममा पूर्व वाणिज्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य मीन विश्वकर्मा, तरुण दल पूर्व केन्द्रिय महासचिव जन्मजय तिम्सिना, नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण प्रसाद सुवेदी, प्रतिनिधिसभा सदस्य मीना सुब्बा, क्षेत्रीय उपसभापति धन बहादुर कटुवाल, महाअधिवेसन प्रतिनिधि लक्ष्मी खतिवडा, सुवास राई, जिल्ला सदस्य निलु कुमारी गिरी, नेपाली कांग्रेस वडा ५ का बुथ अध्यक्ष कुमार देवान, वडाध्यक्ष सन्तोष लिम्बु लगायत प्रभावशाली नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फोटो : लक्ष्मण थापा

congress 6