मोरङ : विराटनगर महानगरपालिका १७ भन्सार कार्यलयभित्र रहेको ट्रान्स नेपालको पार्कीङ स्थलमा रोकी राखेको भारतीय नम्बर प्लेटको ट्रक भित्र एक भारतिय नागरिकको मृत्यु भएको छ ।

भारतबाट नेपाल आएको UP78FT 3516  नम्बरको ट्रक भित्र सोहि ट्रकका सह चालक भारत कलोनि कानपुर नगर पन्चायत ४ उतर प्रदेश बस्ने ५६ वर्षीय ईतबार अलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ। मेसिनेरी सामान लोट गरी गत विहिबार नेपाल आई पार्कीङ गरी राखेको ट्रकमा ट्रकका चालक र मृतक अलि शुक्रबार रातको खाना र ज्वरोको औषधी खाई सोहि ट्रकको क्याबिनमा सुतेकोमा शनिबार विहान ११ बजे ट्रकका चालक भारत तिपुगंन्ज ७ उतर प्रदेश बस्ने ३३ वर्षीय मो.इसादले सह चालक अलिलाई उठाउन खोज्दा नउठेकोले हेर्दा मृत अबस्थामा देखी ईलाका प्रहरी कार्यालय रानीमा खबर गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।