धरान: १६ औ ललित अम्बर डिपो कपमा शनिबार आयोजक डिपो स्कुल ख, नवज्योती स्कुल र एक्वा डायनस्टी स्कुल विजयी भएको छ ।

डिपो स्कुलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा डिपोले धरान आर्दशलाई सडन डेथमा १-० गोल अन्तरले पराजित गर्यो । निर्धारित समयको खेलमा निर्णायक गोल हुन नसकेपछि खेलाइएको टाईब्रेकरमा पनि समान २-२ गोल भएको थियो । डिपोको सक्षम राई, विशाल तामाङ र काङकेन लिम्बुले गोल गरेका थिए भने आर्दशको तर्फबाट प्रतिक कटुवाल, ताङसाङ लिम्बुले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आर्दशका रोशव लिम्बु घोषित भए ।

यस्तै, शनिबार नै भएको दोश्रो खेलमा नवज्योति स्कुलले इमानुएल स्कुललाई २-१ गोल अन्तरले हरायो । जितको लागी नवज्योतिका खेलाडी तेजबहादुर विक एक्लैले २ गोल गरेका थिए । इमानुएलले खेलको दोश्रो हाफमा डिबक्समा नवज्योतिका खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा कप्तान अर्जुन कामतले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच इमानुएलका विरेन लिम्बु घोषित भए ।

depo1

तेश्रो खेलमा एक्वा डायनस्टीले इर्स्टन एकेडमीलाई सडन डेथमा १-० गोल अन्तरले पराजित गर्यो । निर्धारीत समयमा गोलरहित बराबरीमा टुङ्गिए पछि टाईब्रेकरमा पनि समान २-२ गोल भएको थियो । जितका लागी एक्वा डायनस्टीका अनोज लिम्बु, बिपिन पाँचकोटी रओबेट तामाङले गोल गरेका थिए भने इर्स्टनका प्रबल लिम्बु र प्रमिस राईले गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ द म्याच इर्स्टनका कप्तान प्रबल लिम्बु घोषित भए ।

आईतबार ४ वटा खेल हुने भएको छ । पहिलो खेल विहान १० बजे युरेका स्कुल र विष्णु मेमोरियल स्कुल बिच हुनेछ । त्यस्तै दोश्रो खेल विहान साढे ११ बजे डिपो ख र आइडियल स्कुल बिच, तेश्रो खेल दिउँसो १ बजे नवज्योति स्कुल र नेपाल पुलिस स्कुल बिच र चौथो खेल दिउँसो २ बजे र होलील्यान्ड स्कुल र एक्वा डायनस्टी स्कुल बिच हुनेछ ।