धरान: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले बोलेको कुरा पुरा गर्ने पार्टी भएको बताएका छन् ।

उनले शनिबार धरान २०, विष्णुपादुकाको सुवारामा आयोजित चुनावी कोणसभामा बोल्दै कांग्रेस कम्युनिष्टजस्तो कुरा मात्र गर्ने पार्टी नभएको बताएका हुन् । चुनावी कोणसभामा उनले भने,‘कांग्रेस जे बोल्छ, त्यही गर्छ । कम्युनिष्ट जस्तो कुरा मात्र गर्ने पार्टी होइन ।’ कांग्रेस सरकार बाहिर बसेर पनि विकासको काम गरिरहेको कार्कीको भनाई थियो । उनले धरानको मेयरमा तिलक राईलाई जिताउन आग्रह गर्दै भने,‘बिष्णुपादुकामा स्तरीय सडक र अन्य बिकासकय पुर्वधारहरु ल्याउने जिम्मा मेरो भयो, यसपाली चुनावमा कांग्रेस उम्मेदवार तिलक राईलाई जिताउनुहोस् ।’

नेपाली कांग्रेस सबै नेपालीको सामन्तीको लागि लडेको पार्टी भएको धारणा राख्दै कार्कीले पटक पटक कम्युनिष्टले जिते पनि बिष्णुपादुकासम्म आइपुग्ने बाटोको अवस्था दयनीय भएको बताए । उनले भने,‘यहाँका जनताले कम्युनिष्ट कति पटक जिताउनु भयो, तर यहाँ आइपुग्ने बाटो दयनीय अवस्था छ । त्यसैले कम्युनिष्टहरु काम हैन, कुरा मात्र गर्ने पार्टी भएको स्पष्ट हुन्छ ।’

उनले गएको २०७४ र २०७५ सालको चुनावमा देशका अधिकांश ठाउँमा नेपाली कांग्रेसले हार व्यवहोरे पनि नेता कार्कीले जनतालाई कुनै पनि बहानामा हार्न नदिएको पनि बताए । उनले नेपाली कांग्रेस सबै जाति, धर्मको साझा थलो भएको पनि बताए । सोही सभामा नेपाली कांग्रेसकय जिल्ला सदस्य पदम लिम्बुले कांग्रेसले हार्दाहार्दै पनि बिष्णुपादुकालाई माया गर्न नछोडेको बताए ।

बिष्णुपादुकामा टावर र सर्दुमा पुल नेपाली कांग्रेसको नेतृत्वमा आएकाले तिलक राईलाई भोट दिएर बिकाशको ढोका खोल्न उनले आह्वान पनि गरे । कांग्रेसका स्थानिय नेता अरुण कट्वालले कम्युनिष्टले जिते पछि फर्केर नआएको आरोप लगाए । धेरै पटक कम्युनिष्टलाई जिताएको भन्दै उनले स्थानीयबासीसँग यसपाली कांग्रेसलाई जिताउन आग्रह गरे । धरानका कांग्रेसका नेता अजय राईले सञ्चालन गरेको कार्यक्रको अध्यक्षता वडा नं २० नेपाली कांग्रेसका सभापति राजकुमार तामाङ रहेको थिए ।