धरान : धरानको वडा नं. १ मा नेपाली कांग्रेसले आईतबार घरदैलो कार्यक्रम गरेको छ । कांग्रेसका मेयरका उम्मेद्वार तिलक राईले वडा नं. १ को सिंहदेवी चौकको सिंहदेवी मन्दिरको दर्शन गरेर घरदैलो कार्यक्रमको शुभारम्भ गरेका थिए । घरदैलो कार्यक्रममा अत्याधिक उत्साहजनक जनसहभागिता रहेको थियो । वडा नं १ को सिंहदेवी चौकबाट सुरुभएको घरदैलो कार्यक्रम पृथ्वी चौक, शिखर चौक, लक्ष्मी चौक, छाता चौक लगायतका टोलबासीहरुले कांग्रेससँग आशावादी हुँदै उम्मेद्वार राईलाई फुलमाला लगाएर विजयको शुभकामना दिएका छन् ।

congress 7

वडा नं. १ निवासी रुद्रराज इङ्नामले उम्मेद्वार राई समक्ष परिवर्तनको पक्षमा भोट लगाउने इच्छा प्रकट गरे । इङ्नामले भने, ‘सधै एमाले (नेकपा) लाई भोट दिएर जितायौ, उनीहरुको विकास पनि हेरिसकेका छौ, यस पटक धरानमा रहेको इङनाम परिवारले यस पटक परिवर्तनको पक्षमा भोट लगाउँछौ ।’

यसैगरी वडा १ निबासी (ठेला व्यापरी) विरेन्द्र चौधरीले मेयरका उम्मेद्वार राईलाई देख्ने बित्तिकै आशु झार्दै गुनासो पोखे । उनले भने, ‘मैले धरानमा ठेलामा चटपटे बेचेको ४ दशक भयो, पहिला यतिधेरै कर लगाउदैनथ्यो, अहिले कर निक्कै तिर्नुपर्छ, हामी ठेलामा व्यापार गर्नेहरु करबाट मर्कामा परेकाछौं ।’ घरदैलोको क्रममा वडा १ का सर्वसधारण जनताले यस पटक परिवर्तनको पक्षमा भोट लगाउने प्रतिवद्धता जनाएका छन् ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्व सांसद हरिनाथ बास्तोला, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नेपाली कांग्रेस महिला संघ सुनसरीका संस्थापक अध्यक्ष उमा बास्तोला, महिला नेतृ मिना पुलामी मगर, नेपाली कांग्रेस धरानका सचिव श्याम पोखरेल, वडा नं. १ वडाध्यक्ष रोशन अधिकारी, वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायत नेपाली कांगे्रस भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यतिबेला उपनिर्वाचन नजिकिएसँगै धरानमा नेपाली कांग्रेससहित अन्य राजनितिक दलहरु पनि घरदैलो तथा चुनावी प्रचार प्रसारमा तिब्र रुपमा होमिएका छन् ।

nc-dharan 1