धरान : १६ औं ललित अम्बर डिपो कपको आईतबारको खेलमा विष्णु, आईडियल, नेपाल पुलिस र एक्वा डायनस्टी स्कुल विजयी बनेको छ । धरान १८ स्थित डिपो स्कुलको खेल मैदान आज ४ खेल भएको हो ।

पहिलो खेलमा विष्णु स्कुलले युरेका स्कुललाई २ १ गोल अन्तरले पराजित गरे । निर्धारीत खेलमा विष्णुका नेहाल लिम्बु र ओम राईले गोल गरे भने युरेकाका इसान्त रिजालले एक गोल फर्काए । यस्तै दोश्रो खेलमा आईडियल स्कुलले डिपो स्कुल ‘ख’ लाई १ ० गोल अन्तरले पराजित गरे । जितका लागी आईडियलका सुलभ लामिछानेले एकमात्र निर्णायक गोल गर्न सफल भए ।

यसैगरी तेश्रो खेलमा नेपाल पुलिस स्कुलले नवज्योति स्कुललाई ३ ० गोल अन्तरले पराजित गरे । पुलिसका तर्फबाट समिर राई, सारीया खड्काले गोल गरे भने एक गोल नवज्योतिको तर्फबाट आत्मघाती गोल भए । आज भएको अन्तिम खेलमा भने एक्वा डायनस्टिले होलिल्याण्ड स्कुललाई १ ० गोल अन्तरले पराजित गरे । खेलमा एक्वाका अनोज लिम्बुले निर्णायक गोल गरेका थिए ।

आईतबारको खेलसंगै नेपाल पुलिस स्कुल बाई पाएर पोल ‘क’बाट सेमिफाईनलमा प्रवेश गरेको छ । पोल ‘बि’बाट आईडियल र एक्वा डायनस्टी स्कुल सेमीफाईनमा भिड्नेछ । भोली सोमबारको ललित अम्बर डिपो कपको क्वाटर फाईनलमा डिपो स्कुल क र विष्णु स्कुलको खेल दिउँसो २ बजे हुनेछ । यस खेलबाट जुन स्कुल विजयी बन्छ त्यो स्कुलले सेमीफाईनलमा नेपाल पुलिस स्कुल संग भिड्नेछ ।

भोली सोमबारबाट नै लेट दिलकुमार प्लेट च्याम्प्यानसिपको खेल समेत सुरू हुने भएको छ । भोलीको प्लेट कपको पोल क को पहिलो खेल विहान १० बजेदेखि मेरील्याण्ड स्कुल र धरान आर्दश स्कुल बिच हुनेछ । प्लेटको पोल ख को दोश्रो खेल साढे ११ बजे इमानुएल स्कुल र इर्स्टन स्कुल बिच हुनेछ । पोल क को विजेताले युरेका स्कुलसंग र पोल ख को विजेताले होलिल्याण्ड स्कुलसंग सेमिफाईनल खेल्नेछ ।