धरान : धरानमा बसोबास गर्दै आएका तेह्रथुमे नागारिकले नेपाली कांग्रेसलाई विजयी गराउने भएका छन् । यहि मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको प्रमुखमा नेपाली कांग्रेसलाई विजय गराउनका लागी नेपाली कांग्रेस तेह्रथुम धरान सम्पर्क समिति गठन भएको छ ।

धरानमा आईतबार एक अन्तरकृया कार्यक्रम गर्दै पहिलो पटक सम्पर्क समिति गठन भएको हो । सम्पर्क समितिमा प्राध्यापक चन्द्र फोम्बोको अध्यक्षतामा ११ सदस्यिय समिति चयन भएका छन् । उपाध्यक्षमा गोविन्द बस्नेत र श्याम सुब्बा, महासचिव मोहन तिगेला, सचिव हितराम तिल्लिङ, सदस्यहरुमा तुल्सी गौतम, तारा निरौला, लक्ष्मिश्रेष्ठ, नेत्र प्रसाद निङलेकु लगायत रहेका छन् । सल्लाहकार संयोजकमा चन्द्र बहादुर श्रेष्ठ र विनियम संयोजकमा आनन्द आचार्य रहेका छन् ।

जन्मथलो तेह्रथुम भई आफ्नो व्यावसाय, पेशा, नोकरी तथा बसाईसराई गरी धरानलाई कर्मथलो बनाई बसोबास गर्ने जनसमुदायको भेलामा उपस्थित नेता तथा कार्यर्कताले आआफ्नो विचार राख्दै धरानमा यस पल्ट नेपालीकांग्रेसलाई विजयी गराउनका लागी अपिल समेत गरेका छन् । लामो समयसम्म नेकपाले धरानमा शासन गरेता पनि धराने जनताले अपेक्षा गरे अनरुप बिकास र निकास हुन नसकेका भनाई राखेका थिए । यो गुनासो धराने आमजनताले गरीरहेकोले यसको बिकल्प नेपाली कांग्रेस मात्र हुनसक्ने भएकाले अबको सचेत नागरिकले कांग्रेसलाई मतदिनु पर्ने राय राखेका थिए । कार्यक्रममा कांग्रेसका प्रमुख पदको उम्मेद्वार तिलक राईले सम्बोधन गर्दै धरानमा बसोवास गर्ने तेह्रथुमबासीले आफुलाई अमुल्यमत दिएमा आफ्नो जितशुनिश्चित हुने दाबी गरे ।

अन्तरकृया कार्यक्रमको सभापति पुर्व प्रदेश नं १ का प्रमुख गोविन्दबहादर तुम्बाहाङ रहेका थिए । त्यस्तै लालीगुँरास नगरपालिका तेह्रथुमका प्रमुख अर्जुनबाबु माबुहाङ, तेह्रथुमका पार्टी सभापति गोविन्द केदार ढुङगाना, सचिव सन्तोष निङलेकु, तरुण दल सभापति विपिन निङलेकु, गत निर्वाचनका छथर गाँउपालिकाका प्रत्यासी टेकराज तिगेला लगायतको उपस्थिति रहेको थियो ।