झापा : झापाको दमक र मोरङको सीमा क्षेत्र ताराबारी र आसपासका बस्तीका ठाउँ ठाउँमा राखिएको परालको माचमा आगो लगाउने उच्छृखंल गतिबिधी भएपछि स्थानीयहरु त्रसित भएका छन् ।

स्थानीयहरुले शंकास्पद अवस्थामा हिंडिरहेका दुई जनालाई प्रहरीको जिम्मा पनि लगाएका छन् । इलाका प्रहरी कार्यालय दमकमा राखेर शंकास्पद उनीहरुमाथि अनुसन्धान भईरहेको जनाइएको छ । प्रहरी स्रोतले उनीहरुमाथि सुक्ष्म अनुसन्धानपछि घटनामा संलग्नता देखिएमा मात्रै उनीहरुको पहिचान सार्वजनिक गर्ने जनाइएको छ ।

प्रहरी स्रोतले भन्यो-यस्तै किसिमको उच्छृखंल क्रियाकलाप गरेर मानिसहरुको ध्यान एकातिर मोड्ने र घरमा लुटपाट मच्चाउने उदेश्यले पनि परालको माचमा आगो लगाएको हुन सक्छ अनुसन्धान पूरा भएपछि विस्तृत कुरा बाहिर आउनेछ ।