धरान : १६ औ ललित अम्बर डिपो कपको (हिजो) सोमबारको खेलमा विजयी बन्दै डिपो ‘क’ सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा भएको खेलमा डिपो ‘क’ ले विष्णु स्कुललाई १-० गोल अन्तरले पराजित गरे । खेलमा डिपोका हाङसाङ लिम्बुले एक मात्र निर्णायक गोल गरेका थिए । विजयी बन्दै डिपो ‘क’ सेमिफाइनलमा प्रवेश गरेको छ । डिपो कप अर्न्तगत आज मंगलबार दिउँसो १ बजे हुने पहिलो सेमिफाइनलमा भने आइडियल स्कुल र एक्वा डायनस्टी स्कुल भिड्नेछ । यस्तै आज नै दिउँसो २ बजे हुने दोश्रो सेमिफाइनलमा डिपो ‘क’ र नेपाल पुलिस स्कुल भिड्नेछ ।

प्लेट च्याम्पियनसिप अर्न्तगत आज नै भएको पहिलो खेलमा मेरील्याण्ड स्कुलले धरान आर्दश स्कुललाई ३-२ गोल अन्तरले पराजित गरेको छ । खेलमा मेरील्याण्डका अभिसान राई, जुएस राई र आर्यन तामाङले गोल गरेका थिए भने आर्दशका रोशन लिम्बु र ताङसाङ लिम्बुले गोल गरेका थिए । यस्तै प्लेटको दोश्रो खेलमा इमानुएल स्कुलले इर्स्टन स्कुललाई ३-० गोल अन्तरले पराजित गरेको छ । इमानुएलको तर्फबाट कप्तान अर्जुन कामतले २ गोल गरेका थिए भने एक गोल इर्स्टनको तर्फबाट आत्मघाती हुन पुगेको थियो । प्लेट च्याम्प्यानसिप अर्न्तगत आज मंगलबार विहान १० बजे हुने पहिलो सेमिफाइनल खेल युरेका र मेरील्याण्ड स्कुल बिच हुनेछ । यस्तै विहान साढे ११ बजे हुने दोश्रो सेमिफाइनल खेल इमानुएल स्कुल र होलील्याण्ड स्कुलका बिच हुनेछ ।