झापा : संखुवासभाको चैनपुर घर भई दमक ४ स्थित आफन्तको घरमा पाहुना आएकी एक महिलाको घाँटीमा लगाएको सुनसहितको पोते थुतेर भागेका १५ वर्षिय एक नाबालकसहित दमक ७ का ३१ वर्षिय एक युवकमाथि प्रहरीले चोरी मुद्दामा अनुसन्धानका लागि म्याद थपको आदेश लिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतका अनुसार गत मसिंर ७ गते दमक ४ स्थित आफन्तको घरमा पाहुना आएकी रिसु अधिकारी ( सिम्खडा) को गलाबाट सुनसहितको पोते थुतेर फरार रहेका दमक ७ का ३१ बर्षिय अर्जुन राई र संगै धरान घर भई राईसंगै हिंड्ने १५ बर्षिय एक नाबालकलाई चोरीका सामान सहित पक्राउ गरिएको हो ।

उनीहरु विरुद्ध पीडितले दिएको किटानी जाहेरीका आधारमा चोरी मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थपको आदेश समेत लिई अनुसन्धान अघि बढाइएको पण्डीतले जानकारी दिए ।