काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया गरिने भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान शिक्षण अस्पतालमा भर्ना भएका उनको एपेण्डिसाइटिस शल्यक्रिया गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण कात्तिक र मंसिर महिनामा मात्रै चार पटक डायलासिस गरिसकेको छ ।

ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । हिजो राति पेट दुखेकाले उनलाई बिहानै शिक्षण अस्पताल पुर्याइएको थियो । परीक्षणका क्रममा उनलाई एपेण्डिसाइटिस भएको चिकित्सकले बताएका थिए ।