धरान: नेपाली काग्रेसका केन्द्रीय नेताहरुले धरानबासीलाई मंसिर १४ गते हुने उप-निर्वाचनमा आफ्नो मत र मन बदलेर कांग्रेसमा भोट दिन आह्वान गरेका छन् ।

कांग्रेस नेताहरुले यसपाली उपनिर्वाचनमा कांग्रेसले जितेमा भ्रष्ट र स्वेच्छाचारी बन्दै गएको तीनै तहका कम्युनिष्ट सरकारलाई सच्चिने अवसर पनि मिल्ने धारणा व्यक्त गरेका छन् । आज मंगलबार धरानको भानुचोकमा आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालगायत सबै वक्ता नेताहरुको एउटै भनाई थियो, कम्युनिष्टलाई सच्याउने हो भने, गलत दिशामा जानबाट अंकुश लगाउने हो भने यो उपनिर्वाचनमा कांग्रेसलाई जिताउनुस् ।

सभापति देउवाले वर्तमान कम्युनिष्ट सरकारले जनताको वलिदान, त्यागबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र र यसको उपलब्धीविरुद्ध वर्तमान सरकारले धावा बोलिरहेको आरोप लगाए । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार भष्ट्राचार, माफिया, कालाबजारी, गफाडीको दलदलमा फसेको बताए । उनले भने,‘सरकार अलोकतान्त्रिक बाटोमा हिड्न थालेको छ, त्यसैले यो उपनिर्वाचनमा कम्युनिष्ट पार्टीलाई हराएर धरानबासी जनताले कम्युनिष्ट नेताहरुलाई तिमीहरु सच्चिनु पर्छ भन्ने सन्देश दिनुपर्छ ।’

sher-bdr-dauba-(2)

पुर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले ओली सरकार आएपछि २ बर्षमा देशमा महंगी, भ्रष्टचार र कर वृद्धि भएर जनता आहत बनेको बताए । उनले सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको बताउदै यो सरकारलाई सच्याउनकै लागि पनि कांग्रेसको जित आवश्यक भएको बताए । ‘जनताको अधिकारलाई खुम्चाउने, स्वेच्छाचारी कमद चाल्ने काम भइरहेको छ । संसदलाई बन्धक बनाएर अध्यादेश ल्याइदैछ, नागरिकहरुको अधिकार कटौती भइरहेको छ,’देउवाले भने,‘यसलाई खबरदारी गर्न जनताले यसपाली कांग्रेसलाई जिताउनुपर्छ ।’ सभापति देउवाले सरकारले अख्तियारलाई शाही आयोग जस्तो बनाएर मुद्दा चलाइदिन्छु भन्दै ब्लाकमेल पनि गरिरहेको बताए । साथै, उनले नेपाली कांग्रेसका युवा नेता तिलक राईलाई भोट दिएर जिताउन आग्रह गरे ।

चर्चित युवा नेता गगन थापाले धराने जनताको मत र मन बदलिए मात्र धरानमा बिकास हुने भन्दै यसपाली २ बर्षको लागि तिलक राईलाई जिताउन आग्रह गरे । उनले पनि यसपाली तिलक राईलाई मत दिएर धरानलाई समृद्ध सहर बनाउन र कम्युनिष्टलाई सुध्रने मौका दिन आग्रह गरे । उनले धरानको मौलिकता र आधुनिकतालाई २८ बर्ष शासन गरेका कम्युनिष्टले भोटसँग साटेर खाएको भन्दै धराने जनता बाँचे पनि हाँस्न छाडेको अवस्थामा रहेको बताए ।

gagan-thapa 1

विगतमा केपी ओलीले देखाएको सपना सम्झदै थापाले प्रधानमन्त्रीले कुरा मात्र तर काम नगर्ने शैलीलाई निरन्तरता दिइरहेको बताए । थापाले २ बर्षमा पानी जहाज, रेल ल्याउने, काठमाण्डौंको खाल्डा खुल्डी पुर्ने, २ लाखलाई रोजगारी दिने आश्वासन दिएपनि कुनै पुरा गर्न नसकेकोले अब प्रश्न गर्ने बेला भएको बताए । ‘प्रधानमन्त्री ओलीले जीले २ बर्ष पर्खनुस्, म गरेर देखाउनु भन्या होइन ? हामीले त पर्खियौ, तर खै के भयो ? अब प्रश्न गर्ने बेला भयो,’उनले भने । नेता थापाले भारतले सिमा मिच्दा पनि सरकार चुइक्क नबोलेको भन्दै वाइडवडी, न्यारो वडी, निर्मला पन्तको हत्या पछि बलात्कारलगायत काण्डले थला परिसकेको पनि बताए ।

यस्तै महिला नेतृ तथा केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार अधिनायकबादी, भष्ट्राचारी, बिकास बिरोधी भएको आरोप लगाइन । हत्या हिंसा, बलात्कार, भष्ट्राचारलाई सरकारले प्रश्रय दिएको बताउदै उनले भनिन्,‘सरकारले देशमा मच्चाएको लुटतन्त्र बिरुद्ध धरानबासीले कांग्रेसको तिलक राईलाई मतदिनु पर्छ ।’

dila-sangraula

कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री महेश आचार्यले प्रदेश नं १ को प्रमुखमा धनकुटाका प्रा.डा.गोबिन्द सुब्बालाई हटाएर कास्कीका नेतालाई प्रदेश प्रमुखमा नियुक्ती दिएर ओली सरकारले आदिबासी जनजातीलाई अन्याय गरेको बताए । उनले पनि सरकारलाई गल्ती गरेको महशुस गराउन कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । कांग्रेस उम्मेदवार तिलक राईले धरानलाई सबै जातजाति, भाषा, धर्म, सँस्कृतिको इन्द्रधनुषी सप्तरंगी सहर बनाउने भन्दै उनले अहिलेसम्म कम्युनिष्टले धराने जनतालाई भोट बैंक मात्र बनाएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले एतिहासिक सहर धरानलाई कम्युनिष्टले कुरुप सहर बनाएको आरोप लगाए । उनले धरानको पौराणिकतालाई जिवित राख्न कांग्रेसलाई मत हाल्न आग्रह गरे ।
क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधी, डा.रामशरण मतलगायतले पनि बोलेका थिए । उनीहरुले पनि धरानको सुकुम्बासी समस्याको अन्त्य गर्न, वर्तमान सरकारको रबैया रोक्न धरानमा तिलक राईको जित आवश्यक भएको बताए । भानुचोकमा आमसभा हुनुअघि पब्लिक स्कुलको मैदानबाट विशाल र्याली निस्किएको थियो । र्यालीमा हजारौंको सहभागिता रहेको थियो ।

congress1 2 congress2 1 congress4

cong congre9 congrs8