तेह्रथुम: तेह्रथुम जिल्लाको छथर गाउँपालिका ४ फाक्चामारामा दोबाटे स्थित धार्मिक तथा पर्यटकिय स्थल थाक्चोलुङ तोपामाङहिममा चासोक तङनामको अबसरमा फुटबल प्रतियोगिता हुने भएको छ ।

परम्परादेखी लाग्दै आएका ऐतिहाँसिक सत्यहाङमा मेला तथाचासोक तङनामको अबसरमा बिगतका बर्षहरुमा झै यसबर्ष पनी खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यही मंसिर २६ गतेदेखी सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेताले नगद ५० हजार रामबहादुर थोक्लेन तिनबर्षे रनिङ कप मेडल र प्रमाणपत्र पाउने भएका छन । उपबिजेताले नगद ३० हजार प्रमाणपत्र र मेडल पाउने भएको मेला कमिटीका अध्यक्ष देबिन्द्र लिम्बुले बताए । प्रतियोगितामा पुर्बका बिभीन्न जिल्लाका टिमहरुको सहभागीता रहने भएको छ ।