झापा : जङ्गली हात्तीको आक्रमणमा परी झापामा एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मेचीनगर नगरपालिका १२ कालिझोडा बस्ने १९ वर्षीय सुशील गजमेर रहेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

हात्तीले कुल्चिँदा गजमेरको छातीमा चोट लागेको उपचारको लागि मनकामना हस्पिटल चारआली पठाएको जनाइएको छ । प्रहरीका अनुसार मङ्गलवार साँझ ६ बजेको समयमा चारआलीबाट घर जाने क्रममा गजमेरलाई अचानक हात्तीले आक्रमण गरेको थियो ।