विराटनगर : करिव तिन दशकदेखी तयारी खाद्य बस्तुको उत्पादन गर्दै आएको काबरा जि ग्रुपको क्वालिटी थाई फुड्स प्रा.लि.ले पछिल्लो समय नेपालमा नै पहिलो पटक इनर्जी ड्रिङक्सको उत्पादन सुरु गरेको छ । अत्याधुनिक स्वचालित प्रबिधिबाट आफ्नो नयाँ उत्पादन “वाओ” ब्राण्डको इनर्जी ड्रिङक्स र “टोटल” ब्राण्डको फलफुलको जुस बजारमा ल्याएको हो । क्वालिटी थाई फुड्सले अत्याधुनिक कोरियन प्रबिधिको पुर्ण स्वचालित मेसिनबाट उत्पादित इनर्जी ड्रिङक्स नेपालकै पहिलो ईनर्जी ड्रिक्स हो । यस अघी नेपाली बजारमा बिभिन्न तेस्रो मुलुकबाट आयातित यस्तो ड्रिङक्स बजारमा उपलब्ध हुँदै आएको थियो ।

बजारमा उपलब्ध भएका अधिकांश इनर्जी ड्रिङक्स बिदेशमै प्याक भएर आउने भएकाले आम जनताको स्वास्थमा प्रतिकुल हुनसक्ने भएकाले क्वालिटीले हालसालै भित्रिएको अत्याधुनिक प्रबिधिको कोरियन स्वचालित मेसिनबाट अन्तराष्ट्रिय गुणस्तरको ड्रिङक्स स्वदेशमै उत्पादन सुरु गरेको हो ।
यसैगरी थाई फुड्सले “टोटल” ब्राण्डमा फलफुलको जुस समेत बजारमा ल्याएको छ । आँप, लिची, भुईकटहर, अम्बा, मेवा लगायतका एक दर्जन भन्दा बढी फलफुलको जुस बजारमा ल्याएको बिज्ञप्ती मार्फत जनाएको छ ।

यसैगरी पछिल्लो समयमा यस उद्योगले म्याक्पा, पिज्जो र टुल्के ब्राण्डको पुर्णरुपमा सुजि मात्र प्रयोग गरिएको खाजाको रुपमा प्रयोगहुने पास्ता बजारमा ल्याएको छ भने छिटोमिठो ब्राण्डका आधुनिक र आर्कषक प्याकमा फुरनदाना र झालमुडी उपभोक्ताले अत्यधिक रुचाएको कम्पनीले जनाएको छ ।