धरान : १६ औ ललित अम्बर डिपो कप अर्न्तगत लेट दिलकुमार प्लेट च्याम्पियनसिपको दुई सेमिफाईनल खेलमा इमानुएल स्कुल र मेरिल्याण्ड स्कुल विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि भोली बिहिबार दिउँसो १ बजेबाट हुनेछ ।

आज बुधबार भएको पहिलो खेलमा इमानुएल स्कुलले होलील्याण्ड स्कुललाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने दोश्रो खेलमा मेरील्यान्ड स्कुलले युरेका स्कुललाई २-० गोल अन्तरले पराजित गरेको थियो । आजको पहिलो खेलमा इमानुएलका कप्तान अर्जुन कामतले व्यक्तिगत दुई गोल र अनुप राईले एक गोल गरेका थिए । आज नै भएको दोश्रो खेलमा मेरिल्यान्डका जिउस राईले एक गोल गरेको थियो भने दोश्रो गोल युरेकाको आत्मघाती गोल भएको थियो ।

बिहिबार डिपो कपको तेश्रो स्थानको लागी पनि खेल हुनेछ । विहान ११ बजेबाट हुने तेश्रो स्थानका लागी डिपको क र आईडियल स्कुल भिड्नेछ ।