पाँचथर : पूर्वी पहाडी जिल्ला पाँचथरमा परम्परागत हाते चियाको माग बढेको छ । आधुनिक मेसिनले बनाएको चिया भन्दा परम्परागत सुधारिएको हातेपत्ति चिया स्वादिलो हुने भएपछि स्थानीय बजारमा माग बढेको हो । हातैले पेलेर बनाएको चियापत्ति उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

माग बढेपछि परम्परागत हाते चिया बनाउन अहिले यहाँका चिया किसान लागि परेका छन् । राम्रो मुल्य पाउन थालेपछि आफै बनाउने र आफै बिक्री वितरण गर्दै आएको पाँचथर जिल्ला फिदिम नगरपालिका ३ लालीखर्कका चिया किसान टंक राईले बताए ।उत्पादन गरिएको गोल्डेन, ग्रिन र ब्याक हातेपपत्ति बजारमा पाइन्छ । छ सयदेखि २५ सय प्रतिकिलोमा बिक्री हुने गरेको हाते चियाबाट बार्षिक ११ लाखसम्म आम्दानी गर्ने गरेको राईले बताए ।

यहाँ उत्पादन हुने हाते चिया फिदिम, बिर्तामोड, दमक, धरान र काडमाडौं लगायतका शहरहरुमा बिक्री भइरहेको छ ।