धरान: धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा जारी १६ औ ललित अम्बर डिपो कप अर्न्तगत लेट दिलकुमार प्लेट च्याम्पियनसिपको फाईनल खेलमा इमानुएल स्कुलले मेरील्यान्ड स्कुललाई ३(० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको छ ।

आज बिहिबार भएको फाईनल खेलमा इमानुएल स्कुलका कप्तान अर्जुन कामत एक्लैले ह्याटट्रिक गर्दै ३ गोलको अन्तर बनाएको हो । यस्तै आज नै भएको डिपो कपको तेश्रो स्थानको खेलमा डिपो क स्कुलले आइडियल स्कुललाई सडन डेथमा १-० गोल अन्तरले पराजित गरेको थियो ।

IMG_1644

तेश्रो स्थानको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि भएको टाई ब्रेकरमा समेत समान दुई दुई गोल भएको थियो । त्यसपछिको सडन डेथमा भने डिपो क स्कुलले बाजी मारेको थियो । डिपोको लागी सन्दिप राई, निश्चल राई, स्टेफन राई, रदिन सुनार, श्रृजन मगर र निश्चल शाक्यले गोल गरेका थिए भने आईडियलका लागी सुलभ लामिछाने, साईरन राई, सुजन राई, सुमित राउत र निवाहाङ लिम्बुले गोल गरेका थिए । डिपो कपको फाईनल खेल भने मंसिर १५ गते आईतबार दिउँसो १ बजेबाट हुने डिपो स्कुलका प्राचार्य राजकुमार राईले बताए ।

मैत्रीपुर्ण खेलमा पत्रकार विजयी

 

१६ औ ललित अम्बर डिपो कप अर्न्तगत बिहिबार डिपो कपमा सहभागी स्कुलहरूको शिक्षक र पत्रकार बिच भएको मैत्रीपुर्ण खेलमा पत्रकारले शिक्षकको टिमलाई ३-० गोल अन्तरले पराजित गरेको छ । जितका लागी खेलमा पत्रकार भोजराज श्रेष्ठले एक्लैले दुई गोल गर्दै खेलको म्यान अफ द म्याच घोषित भए । खेलमा पत्रकार देवराज जिमीले एक गोल गरेका थिए ।