काठमाडौं : एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आइसियुमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार “प्लेटलेट्स” चढाइएको छ ।

यसबारे अस्पतालले आधिकारिक रुपमा कुनै जानकारी नदिएपनि उपचारमा संलग्न चिकित्सकहरुका अनुसार शल्यक्रिया र डायलसिसका कारण ओलीलाई प्लेटलेस चढाउनुपरेको हो ।

प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नाट रोक्छ साथै क्षतिग्रस्त तन्तुलाई ठिक पार्न सघाउँछ । कान्तिपुर दैनिकबाट