झापा : झापामा जंगली हात्तकिो आक्रमणबाट एकजनाको ज्यान गएको छ । जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको हो ।

झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला जङ्गली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीय जलथल जङ्गलबाट हात्ती गाउँतिर नपसोस् भनेर गरिएको विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई गए राति ७ बजे हात्तीले आक्रमण गरेको थियो ।

मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पु¥याएपछि स्थानीयवासीले घटना थाहा पाएका थिए । मृतकलाई घेरेर बसेको हात्तीलाई तत्कालै डिभिजन बन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट परिचालित सुरक्षाकर्मीले जङ्गलतिर लखेटेको थियो । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको छ ।