धरान: व्हाईट हाउस इन्टरनेशनल ईन्स्टिच्युट अफ होटल म्यनेजमेन्टले हालै आफ्नो छैठौ ब्याचको विद्यार्थीहरुलाई बिदाई तथा अवार्ड बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको अध्ययन पछि थप अध्ययन तथा इन्टर्नसिप गर्न चीन जान लागेका विद्यार्थीहरुलाई अध्ययन अवधिमा पुर्याएको उनीहरुको दक्षतालाई मुल्यांकन गरेर अवार्ड पनि बितरण गरिएको इन्स्टिच्युटले जनाएको छ । अवार्ड पाउने क्रममा छठौ ब्याचका उत्कृष्ट विद्यार्थीको रुपमा डि.एच.एम.तर्फ धरानबाट रक्षा खडगी, कलनरी आर्ट तर्फ धरानबाट कुशल श्रेष्ठ र इटहरीबाट अलका श्रेष्ठ भएका छन् ।

त्यसैगरि, बेस्ट ट्यालेन्टेड विद्यार्थीकोरुपमा बिन्दु सुब्बाले अवार्ड हात पारिन् भने बेस्ट सर्भिसतर्फ बर्षा राई र अलका श्रेष्ठ, बेस्ट डिसिप्लिन तर्फ जुनुकला राई, ज्योति सावदेन, नवल वनेम, राजकुमार पासवान, बेस्ट हाउस किपिङतर्फ श्रेया प्रधान र पर्वत बिष्ट, बेस्ट फ्रन्ट अफिसतर्फ प्रेमिशा तामाङ र सायरा गुरुङ, बेस्ट फुड प्रोड्क्सनतर्फ कुशल श्रेष्ठ र नसिमा राईले अवार्ड हात पारेका छन् ।

यहाँको अध्ययन समाप्त भएपछि विद्यार्थीहरु आफ्नो आगामी अध्ययन तथा रोजगारीको लागि बिश्वका बिभिन्न उत्कृष्ट तारे होटलमा जाने इन्स्टिच्युटले जनाएको छ । यो ईन्स्टिच्युटले नेपालबाट सिटिईभिटी तथा बेलायतबाट ओथमको मान्यता प्राप्त गर्दै आएको छ । हालै यस ईन्स्टिच्युटले बेलायतको ओथम क्वालिफिकेसनको आधिकारिक रुपमा नेपालको लागि सम्बन्धन पनि बितरण गर्ने अधिकार प्राप्त गरेको छ ।