खाँदबारी : संखुवासभाको चैनपुर नगरपालिका-२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ ।

नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो । क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघिदेखि उपचार गराइरहेका थिए । २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष भएका थिए । उनी तत्कालिन नेकपा एमालेबाट विजयी भएका हुन् । उनको मयुममा नै शुक्रबार दिउँसो अन्त्येष्टि गरिने चैनपुर नगरपालिकाले जनाएको छ ।