धरान: निर्वाचनको पुर्वसन्ध्यामा धरानको वडा नं ५ स्थित ठिंगाबारीमा भएको विष्फोट बम नभएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले पटका पड्केको पुष्टि गरेको हो । आज साँझ करिब ८ बजे ठिंगाबारीमा सामान्य धमका भएको थियो । लगत्तै जनपथ, सशस्त्र प्रहरी र सेनाको टोली पनि घटनास्थल पुगेको थियो ।

'टिनको बट्टामा ३, ४ वटा पटका पड्काएको रहेछ, त्यस्तो केही होइन,'इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने,'डराउनु पर्ने, त्रसित हुनुपर्ने कारण छैन । सुरक्षा व्यवस्था कडा पारिएको छ ।' प्रहरीले शनिबार ढुक्क भएर मतदान गर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

तस्बिर स्रोत: गुगल