धरान: धरानको मेयर पद र वडा नं ७ को वडाअध्यक्ष पदको लागि मतदान शुरु भएको छ ।

आज बिहान ७ बजेदेखि धरानको विभिन्न मतदात केन्द्रहरुमा मतदान शुरु भएको हो । धरानका मतदाताहरु बिहानै मतदान केन्द्रमा पुगेका थिए । धरानमा ११ स्वतन्त्रसहित २३ जना मेयरका प्रत्यासी छन् । यस्तै, वडा नं ७ मा ४ जना अध्यक्षका प्रत्यासी छन् । धरानको वडा नं १८, कार्मेल हाइस्कुलस्थित मतदान केन्द्रमा पुगेर आज बिहानै नेकपाका उम्मेदवार प्रकाश राईले मतदान गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको पनि मतदान केन्द्र त्यही नै पर्छ । तर, उनी दिउँसो मात्र मतदान गर्न आउने भएका छन् । सोही मतदान केन्द्रमा अर्का स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पनि मतदान गरेका थिए ।

1 3

धरानमा २८ मतदानस्थलमा ९९ मतदान केन्द्र रहेको छ । निर्वाचन कार्यालयका अनुसार कुल ९२ हजार ८ सय ५३ मतदाता छन् । यो अघिल्लो स्थानीयतह निर्वाचन २०७४ को भन्दा १३ हजार ५ सय ७१ बढी हो । २०७४ मा धरानको मतदाता संख्या ७९ हजार २ सय ८२ थियो । धरानका मेयर तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको एक बर्ष कार्यकाल नबित्दै निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो ।

मतदानको सुरक्षाको लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार ७ सय ५० भन्दा बढी जनपद, ५ सय बढी सशस्त्र प्रहरी परिचालन भएको छ भने नेपाली सेनाको गस्ती टोली पनि परिचालन गरिएको छ । मतदानको लागि अशक्त, वृद्धवृद्धाहरुलाई बिशेष प्राथमिकता दिइएको मुख्य निर्वाचन अधिकृतले जनाएको छ ।

5 2 3 7 8 9 3