काठमाण्डौं : एसियाली खेलकुद(साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो । सबैलाई काठमाडौँको होटलमा राखेर सिकाइँदै थियो । तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन् । ‘मन्दिर जान्छु ’ भन्दै झिसमिसमै निस्किएकी उनी जहाज चढेर कतार पो पुगिछन् ।

राष्ट्रको जर्सी लगायर अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा खेल्नु हरेक खेलाडीको धोको हुन्छ । त्यसमाथि सागजस्तो अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन् । वर्षौ कठोर परिश्रम गर्छन् । सबैको सपना पूरा हुँदैन । तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन । -अन्नपूर्ण पोस्ट दैनिकबाट