धरान: मेयर र वडा नं ७ को अध्यक्षको लागि मतदान भइरहेको धरानमा दिउँसो २ बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो खसेको मत प्रतिशत अपेक्षा गरेभन्दा कम हो । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीकै शब्दमा यो ठिकै मात्र हो । ‘अहिलेसम्म ४५ प्रतिशत मत खसेको छ, यो ठिकै मात्र हो,’२ बजेसम्मको अपडेट गराउदै मुख्य निर्वाचन अधिकृत उप्रेतीले भने ।

अधिकृत उप्रेतीका अनुसार ७० प्रतिशत माथि मत खसे मात्र उत्साहजनक भन्न मिल्छ । अहिलेको मत खसेको अवस्था हेर्दा आज ५५ देखि ६० प्रतिशत मात्र मत खस्ने उनको अनुमान छ । ‘मतदाता केन्द्रको अवस्था हेर्दा ५५ देखि ६० प्रतिशत मत खस्ने अनुमान छ,’उनले भने ।