धरान: मेयर र वडा अध्यक्ष पदको लागि आज भएको उपनिर्वाचन धरानमा शान्तिपुर्णरुपमा सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार प्रारम्भिक जानकारी अनुसार ५८ देखि ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । उनका अनुसार यो सन्तोषजनक मत हो । ‘प्रारम्भिक जानकारी अनुसार ५८ देखि ६० प्रतिशत मत खसेको अनुमान छ, तर सबै बाकस भेला भएपछि मात्र कति हो भन्ने थाह हुन्छ,’उनले भने ।

निर्वाचन अधिकृत उप्रेतीका अनुसार मतदानस्थलबाट मतपेटिका सिलबन्दी गरेर सुरक्षितरुपमा निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी छ । धरानमा २८ मतदानस्थलमा ९९ मतदान केन्द्र रहेको थियो । उपनिर्वाचनमा ९२ हजार ८ सय ५३ मतदाता थिए ।

IMG_1358 यसअघि २०७४ सालको निर्वाचनमा ७९ हजार २ सय ८२ मतदाता थिए । त्यसबेला ५३ हजार ५ सय ४७ मत खसेको थयो । यो कुल प्रतिशतमा ६७.५४ प्रतिशत हो । खसेको मतमध्ये पनि ५२ हजार ४ सय ५४ मत मात्र सदर भएको थियो । सदर मतको प्रतिशत भने ९७.९६ प्रतिशत थियो । खसेको मतमा १०९२ मत वदर भएको थियो । यो वदर मत प्रतिशत २.०४ प्रतिशत हो ।

IMG_1242 IMG_1246 IMG_1257 IMG_1275 IMG_1282 IMG_1300 IMG_1264