धरान: धरानमा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा ५५ हजार बढी मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ५५ हजार ११ मत खसेको हो । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार धरानमा पुरुष भन्दा बढी महिला मतदाताले भोट हालेका छन् । उनका अनुसार २९ हजार ८ सय ५४ जना महिलाले मतदान गरेका छन् भने २५ हजार १ सय ५७ पुरुषले मतदान गरेका छन् । यो मत प्रतिशत ५९.२४५ प्रतिशत भएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए । धरानको कुल मतदाता संख्या ९२ हजार ८ सय ५३ हो ।

राती १० बजेदेखि मतगणना हुने

matganana2

आज राती १० बजेदेखि नै धरानको मतगणना शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत उप्रेतीका अनुसार राजनीतिक दल तथा उम्मेदवारको प्रतिनिधिहरुसँगको बैठकमा राती १० बजेदेखि मतगणना शुरु गर्ने सहमति भएको हो ।

मतगणना वडागतरुपमा शुरुवात हुनेछ । पहिला २० नम्बर वडाबाट मतगणना शुरुवात हुनेछ भने वडा नं ७ को मतगणना अन्तिममा हुनेछ । वडा नं ७ मा अध्यक्ष पदको पनि मतदान भएको हो ।