धरान: उपनिर्वाचनअन्र्तगत धरानमा मेयर पदकको लागि हिजो शनिबार भएको मतदानको मतगणना जारी छ ।

मध्यराती १२ बजेदेखि मतगणना शुरु भएको थियो । राती १० बजे नै मतगणना शुरु गर्ने दलीय सहमति भएपनि विवादले गर्दा तोकिएको समय भन्दा २ घण्टा ढिला गरी शुरुवात भएको थियो । अहिलेसम्म वडा नं २०, १९ र १८ को मतगणना सम्पन्न भइसकेको छ । तीन वटा वडाको गणना सकिदा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झिनो १७ मतअन्तरले मात्र अग्रता लिएको छ । अहिले वडा नं १७ को मतगणना जारी छ ।

mat3

अहिलेसम्म नेकपाले मात्र १७ मतको अग्रता लिएको छ । नेकपाको २ हजार ३ सय ९ मत छ भने नेपाली कांग्रेस २ हजार २ सय ९२ मत छ । तेस्रो स्थानमा अनपेक्षित संघीय लिम्बुवान मञ्च भएको छ । लिम्बुवानको मत १ सय ३३ छ भने समाजवादी पार्टीको मत ७९ मात्र रहेको छ । यस्तै, स्वतन्त्र उम्मेदवार हर्कराज राईले ६० र डा.अमृतकुमार राईले १७ मत ल्याएको छ ।