धरान: सुनसरीको कोशी गाउँपालिकास्थित हरिपुरमा ट्रक र एम्बुलेन्स एकापसमा ठोक्किदा ७ जनाको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको ट्रक र एम्बुलेन्स जद्दा एम्बुलेन्समा सवार विरामीसहित ७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीका अनुसार ना २ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६४ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । घटना मध्यराती अन्दाजी साढे १२ बजे भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता विनोद शर्माले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गस्थित हरिपुरमा पूर्वबाट पश्चिम उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स वीरगञ्जबाट पूर्वतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्कसँग ठोक्किएको थियो । एम्बुलेन्स पुुर्णरुपमा क्षति पुुगेको छ भने एम्बुलेन्समा सवार ७ जनाको घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेहरुममा उदयपुरको त्रियुुगा नगरपापलिकाका राजेश दनुवार, दुुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राइ, दिनेश राइ र शिवमाया राई रहेका छन् । मृतक सबैको शव सुनसरी सदरमुकामस्थित इनवरुवा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । मृतक दनुवार एम्बुलेन्स चालक हुन् भने अन्य सबै एकै परिवारको भएको अनुमान गरिएको छ ।