धरान : मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार धरानमा नेकपालाई ५७ मतको मात्र अग्रता छ ।

अहिलेसम्म वडा नं २०, १९, १८ र १७ को मतगणना सम्पन्न भएको छ । चार वडाको मतगणना सकिदा नेकपालाई मात्र ५७ मतको अग्रता मिलेको हो । नेकपाको पकड मानिएको वडा नं १७ मा नेकपालाई मात्र ४० मतले अग्रता लिएको छ । वडा १७ मा नेकपाको पक्षमा २ हजार २ सय ६५ मत खसेको छ भने नेपाली कांग्रेसलाई २ हजार २ सय २५ मत खसेको छ । 

निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ४ वटा वडाको ९ हजार ८ सय ५१ मतगणना भएको हो । त्यसमध्ये नेकपाको मत ४ हजार ५ सय ७४ छ भने नेपाली कांग्रेसको ४ हजार ५ सय १७ मत छ । यस्तै, समाजवादी पार्टीको मत १ सय ४३, संघीय लिम्बुवान मञ्चको मत १ सय ६४, स्वतन्त्र उम्मेदवार हर्क सम्पाङको १ सय ५४, डा.अमृतकुमार राई २६ र नेकपा(माले)को मत १३ रहेको छ । वदर मत संख्या १ सय ८२ रहेको छ ।