धरान: वडा नं १४ को मतपरिणाम आउदा नेपाली कांग्रेसले मतान्तर झनै बढाएको छ ।

वडा न. १४ मा नेपाली कांग्रेसले नेकपाभन्दा ३ सय २१ मत बढी पाएको छ । समग्रमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राई भन्दा ७ सय ४५ मतले अगाडि छन् । वडा न. १४ मा कांग्रेसले १ हजार ५७ मत पाएको छ भने नेकपाले ७ सय ३६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म धरानको वडा नं २०, १९, १८, १७, १६ र १४ को मतगणना सम्पन्न भइसकेको छ । यी ६ वटा वडामा खसेको १६ हजार १ सय ६८ मत गणना भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ७ हजार ९ सय १५ मत पाएको छ भने नेकपाले ७ हजार १ सय ७० मत पाएको छ ।