धरान: वडा नं १५ को मतगणना सकिदा नेकपाले मतान्तरण केही घटाएको छ ।

वडा नं १५ मा नेकपाले २ सय ६८ मत बढी पाएको छ । नेकपाले पाएको यो मत घटाउदा पनि कांग्रेसले अझै ४ सय ७७ मतले अग्रता भने कायमै राखेको छ । वडा नं १५ मा नेकपाले ३३४७ मत पाएको छ भने कांग्रेसले ३०७९ मत पाएको छ । अहिलेसम्म नेपाली कांग्रेसले पाएको मत १० हजार ९ सय ९४ छ भने नेकपाले १० हजार ५ सय १७ मत पाएको छ । अहिले वडा न १२ र १३ को मतगणना चलिरहेको छ ।