धरान : धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा सम्पन्न १६ औ ललित अम्बर डिपो कपको उपाधि नेपाल पुलिस स्कुलले उचालेको छ । आईतबार भएको फाईनल खेलमा एक्वा डायनस्टी स्कुललाई ३ ० गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

आज भएको फाईनल खेलमा पुलिसका सुजन श्रेष्ठ, गौरव तिवारी र सारीया खड्काले १ १ गोल गरेका थिए । उपाधि संगै पुलिस स्कुलले रनिङ ट्रफि सहित नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा दोश्रो हुँदै एक्वा डायनस्टिले नगद ५ हजार र तेश्रो बनेको डिपो क ले ३ हजार नगद प्राप्त गरे । नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र समेत प्रदान गरीएको थियो ।

आज नै डिपो कपको पहिलो चरणमा पराजित भएको टिम बिच भएको प्लेट च्याम्पियन प्रतियोगितामा विजेता बनेको इमानुएल स्कुललाई नगद ३ हजार र उपविजेता बनेको मेरील्यान्ड स्कुललाई २ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो ।

यता व्यक्तिगत पुरस्कार अर्न्तगत फाईनल खेलको म्यान अफ द म्याच एक्वा स्कुलका ससिम मगर घोषित हुँदै ट्रफि हात पारे । यस्तै उत्कृष्ट डिफेन्स एक्वाका आकाश सिंड, उत्कृष्ट गोलकिपर एक्वा स्कुलका सुदिप विक घोषित भइ ट्रफि प्राप्त गरे । उत्कृष्ट खेलाडी समेत बनेका विकले ट्रफि सहित १ हजार नगद प्राप्त गरे । यस्तै प्रतियोगिताभरी ४ गोल गरेका पुलिसका सुजन श्रेष्ठ सर्वा्धिक गोलकर्ता घोषित हुँदै ट्रफि हात पारे । यता डिपोको खेलाडिलाई दिइने उदयिमान खेलाडी सृजन मगर र उत्कृष्ट खेलाडी विपन माझी घोषित हुँदै ट्रफि हात पारे ।

विजेता खेलाडिहरूलाई समापन समारोहका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य जयकुमार राई, प्रतियोगिताका संयोजक भिमबहादुर लिम्बु, डिपो स्कुल संचालक सदस्यहरू मेजर श्रवणकुमार लिम्बु, ललितबहादुर लिम्बु, लक्ष्मी बैंकका शाखा प्रमुख आकाश राई लगायतले पुरस्कार वितरण गरेका थिए ।