धरान: धरानको मेयर उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले आफ्नो मतान्तर बढाउदै लगेका छन् ।

पछिल्लो वडा नं १३ को मतपरिणाम अनुसार कुल ७ सय ५२ मतले कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म खसेको मत २८ हजार ३ सय ४६ गणना हुदा कांग्रेस उम्मेदवर तिलक राईले १३ हजार ४ सय ४३ मत पाएका छन् भने नेकपा उम्मेदवार प्रकाश राईले १२ हजार ६ सय ९१ मत पाएका छन् ।

मतपरिणाम अनुसार वडा नं १३ मा कांग्रेसले ४५ मतले अग्रता लिएको छ । यो वडामा कांग्रेस उम्मेदवारले १ हजार ६ सय १६ मत पाए भने नेकपा उम्मेदवार प्रकाश राईले १ हजार ५ सय ७१ मत पाए । यसअघि, वडा नं १२ को मतगणनामा पनि कांग्रेसले २ सय ३० मतले अग्रता लिएको थियो । वडा नं १२ मा कांग्रेसले ८ सय ३३ मत मत पाएको थियो भने नेकपाले ६ सय ३ मत पाएको थियो ।