धरान: धरानको वडा नं ७ को अध्यक्ष पदको मतपरिणाममा विवाद देखिएको छ ।

मतगणनामा अध्यक्षमा नेकपाका उम्मेदवार जीवन सुवेदी १ मतले अग्रता लिएका थिए । तर, नेपाली कांग्रेसका नेताहरुले वदर भएको मतलाई सदर गरेको भन्दै पुनः गणनाको माग गरेका छन् । कांग्रेसले पुनः मतगणना गर्न लिखित निवेदन दिएपछि परिणाम घोषणा हुन पाएको छैन ।

वडा नं ७ को मतणना अनुसार नेकपाका उम्मेदवार सुवेदीको पक्षमा ६२२ मत छ भने कांग्रेसका प्रत्यासी सुवर्णमोहन पलिखेको पक्षमा ६२१ मत रहेको छ ।