धरान: निर्वाचनको कुरा उठ्दा धरानलाई कम्युनिष्ट गढ वा लालकिल्ला भनिन्थ्यो । २०४६ सालको परिवर्तन पछि भएको सबै चुनावमा कम्युनिष्टको जितले धरानले पाएको यो उपमा स्वभाविक थियो । तर, अब धरान लालकिल्ला रहेन ।

मंसिर १४ गतेको उपनिर्वाचनको मतपरिणामले धरानमा कांग्रेसले ऐतिहासिक जित दर्ता गराउदै लालकिल्ला तोडेको छ । कांग्रेसका उम्मेदवार तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउदै लालकिल्ला तोडेका हुन् । कांग्रेसबाट विजयी राईले २६ हजार ७ सय ९ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए । मंसिर १४ को निर्वाचनमा कुल ५४ हजार ८ सय ४८ मत खसेको थियो । धरानमा ९२ हजार ८ सय ५३ मतदाता थिए ।

IMG_20191202_120123

वडा नं ७ को अध्यक्षमा भने नेकपाका जीवनराज सुवेदी विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार सुवर्णमोहन पलिखेलाई मात्र १ मतले हराए । वडाअध्यक्षमा विजयी सुवेदीले ६२१ मत पाए भने उनका प्रत्यासी उम्मेदवार पलिखेले ६२० मत पाए । कांग्रेसले वडा ७ को अध्यक्ष पदको नतिजामा असन्तुष्टी जनाउदै पुनःगणनाको माग गरेपनि सहमति जुटेपछि नेकपाका अध्यक्ष विजयी घोषणा गरिएको थियो । विजयी दुवै उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले सपथ ग्रहण गराएका छन् ।

IMG_20191202_102416 IMG_20191202_114613 IMG_20191202_114721