धरान: धरानको मेयर पदको लागि भएको उपनिर्वाचनमा ऐतिहासिक जित दर्ता गराएको नेपाली कांग्रेसले आज दिउँसो विजय र्याली निकालेको छ ।

मतगणनाको अन्तिम नतिजा आएपछि मुख्य निर्वाचन अधिकृतले मेयरमा विजयी कांग्रेसका तिलक राई र वडा ७ का अध्यक्षमा विजयी नेकपाका जीवनराज सुवेदीलाई सपथ गराएपछि कांग्रेसले विजयी र्याली निकालेको हो । कांग्रेसले आफ्ना मतदाताहरुलाई धन्यवाद दिने उद्देश्यले पब्लिक उच्चमाविबाट र्याली निकालेको थियो । र्यालीका नवनिर्वाचित मेयर तिलक राई, कांग्रेस नेता शेखर कोइरालासहित विभिन्न नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु पनि सहभागी थिए ।

1

4 11 6 5 10 12 9 7