धरान :  स्व. उमेश श्रेष्ठ स्मृति फुटसल प्रतियोगिताको उपाधि गार्डन एफ सिले उचालेको छ । धरान फुटबल फ्यान क्लबका सहकोषाध्यक्ष स्व. उमेश श्रेष्ठको स्मृतिमा क्लबद्वारा आयोजित प्रतियोगितामा सोमबार भएको फाईनल खेलमा एफ एफ सिलाई ४ २ को गोल अन्तरले पराजित गर्दै गार्डनले उपाधि चुमेको हो । फुटसल खेल धरान १० स्थित रहेको धरान फुटसलमा सम्पन्न भएको हो ।

उपाधिसँगै गार्डनले ट्रफि, नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा दोश्रो बनेको एफ एफ सिले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यता व्यक्तिगत पुरस्कार अर्न्तगत फाईनल खेलको म्यान अफ द म्याच एफ एफ सिका उर्गेन शेर्पा घोषित हुँदै ट्रफि सहित नगद १ हजार प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी गार्डनका रिवास मास्के बन्दै ट्रफि सहित केल्मेको फुटसल जुत्ता प्राप्त गरे ।

विजेता खेलाडिहरूलाई धरान फुटबल फ्यान क्लबका अध्यक्ष अशोक राई, समापन समारोहका प्रमुख अतिथी तथा एन्फाका केन्द्रिय मानार्थ उपाध्यक्ष किशोर राई, झरना साकोसका अध्यक्ष मानबहादुर मगर, चिरन जिवी साकोसका अध्यक्ष खेमबहादुर माझी लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा जनकराज सुनुवार र खगेन्द्र खड्का रेफ्रि रहेका थिए । प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । स्व. श्रेष्ठको तिन महिना अगाडि हृदयघातको कारण मृत्यु भएको थियो ।