झापा: करोडौंको लगानीमा झापाको दमकमा निर्माण गरिएको क्षेत्रीयस्तरको पशुपंछी थोकबजार अझै संचालनमा आउन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १८ गते पशुपंछी थोक बजारको उद्घाटन गरेका थिए । बजार संचालनमा नआउदै यहाँका बिकास संरचनाहरु जिर्ण बन्न थालेका छन् । पशुपंछी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले निर्माण गरिएको बजार उद्घाटन भएको ८ महिना पूरा भइसक्दा पनि अझै सञ्चालन नआएको हो । क्षेत्रीयस्तरको यो बजार १३ करोडको लागतमा झापाको दमकमा निर्माण गरिएको हो । यो बजारलाई प्रदेशकै नमुना पशुपंक्षी बजारको रुपमा लिइएको थियो । झण्डै एक हजार बढी पशुपंक्षी कारोबार क्षमता भएको यो बजार अझै संचालनमा आउन सकेको छैन ।

नेपाल सरकार तथा बिश्व बैकको संयुक्त लगानीमा कृषि बिकास मन्त्रालय अन्तरगर्त ब्यबसायीक कृषि तथा ब्यापार आयोजना र नेपाल लाइभ स्टक सेक्टर इनोभेसान आयोजनाद्धारा दमक ७ मा करिब ४ बिघा क्षेत्रफलमा अत्याधुनिक पशुपंछी बजार निर्माण भएको थियो । राज्यकोष निकै ठुलो रकम खर्चिएर निर्माण गरिएको यो बजार अझै संचालनमा नआउदा पशुचौपायको व्यापार व्यावसायमा समस्या भएको पशुपंक्षी व्यवसायी छत्रमणि ढुङ्गाना बताउँछन् ।

2C4A0212

दमकमा निर्माण गरिएको अत्याधुनिक पशुपंक्षी बजार संचालनमा नआई जिर्ण बन्न थालेको छ । चमेना गृह, प्रशासन, गार्डरुम अपाङग मैत्री सौचालय, पशु चिकित्शालय, बाख्रास्टल, पशु स्टल, पशु लोडिङ स्थलसहितको संरचना निर्माण भएको छ । तर निर्माण भएको यतिका महिनासम्ममा पनि बजार संचालनमा नआउदा चमेना गृहको भुई चिरा परिसकेको छ भने लकिङ टायल्स लगाएको ठाउँमा झारले ढाकेको छ ।

प्राविधिक समस्या र बर्षादको कारणले गर्दा पशुबजार संचालनमा आउन ढिलाई भएको र निर्माण पक्षसँग समन्वय गरी चाडै संचालनमा ल्याउने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना बताउँछन् । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका अनुसार खानेपानी र बिद्युत जडान नहुदा यो बजार संचालनमा आउन ढिलाई भएको होे । निर्माण सम्पन्न भएको ८ महिनासम्म पनि यो बजारमा खानेपानी र बिद्युतको जडान हुन सकेको छैन ।

2C4A0221