काठमाडौं : जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् । जापान फाउन्डेसले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागि थिए । ती मध्ये भाषा परीक्षामा मात्र एक जना उत्तिर्ण भएका छन् । नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप उत्तिर्ण हुनुपर्छ ।

अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्रबाट छानेर जापान फाउन्डेसनले परीक्षा लिएको थियो । कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो प्रष्ट नहुँदा परीक्षार्थी अन्योलमा परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ ।

जापानले मन्त्रालयलाई उपलब्ध गराएको प्रारम्भिर सूचना अनुसार भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए । यसबाट परीक्षाका लागि लक्की ड्रबाट एक हजार जना छानिएका थिए । यसबाट पनि सामान्य परीक्षाका लागि भने ५ हजार ९ जना छानिएका थिए । यसमा ५६ जना उत्तिर्ण भए ।

त्यसको पहिलो लटमा नर्सिङ केयर गिभरको सीप परीक्षणमा १५ जना र नर्सिङ भाषा परीक्षामा १२ जना सहभागि थिए । -कान्तिपुर दैनिकबाट