काठमाडौं : मलेसिया सरकारले ३१ हजार दुई सय ९ जना नेपाली कामदार माग गरेको छ ।

समझदारी पत्रमा दुई देशबीच हस्ताक्षर भएको करिब एक महिनापछि मलेसियाले यति ठूलो संख्यामा नेपाली कामदार मागेको हो । मलेसिया सरकारबाट मागपत्र प्रमाणीकरण भइ अक्टोबरको पहिलो साता मलेसियास्थित नेपाली दूताबासमा प्राप्त भइसकेको छ । दूताबासले पनि बैदेशिक रोजगार विभागमा सिफारिस गरिसकेको छ ।

मागपत्र फाइल

संख्या- ९६३

माग भएको श्रमिक संख्या- ३१,२०१

औद्योगिक क्षेत्र- १७,११६

सेवा क्षेत्र(सुरक्षा गार्डसहित)- १०,१८३

कृषि क्षेत्र- १,४७५

प्लासन- १,३९७

निर्माण-१,०३०

-अन्नपूर्ण पोष्ट दैनिकबाट