धरान: धरान उपमहानगरपालिकाले लगाएको करको दर पुनरावलोकन गरी घटाउन नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालय बैठक पछि प्रेस विज्ञप्ती जारी गर्दै कर पुनरावलोकन गरी कर घटाउन निर्देशन दिएको हो । निर्वाचनमा नमिठो पराजय भएपछि बसेको बैठकले जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी कर घटाउन निर्देशन दिएको हो । निर्वाचनका समय जनताको घरदैलो जादा करवृद्धिको विषयमा जनताको व्यापक गुनासो र असन्तुष्टि आएको पनि विज्ञप्तीमा उल्लेख छ ।

‘जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उप महानगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ कालागि लागु गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दरहरु घटाउने कार्य शुरु गर्न नेकपा धरान उपमहानगर संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ,’निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । चुनावी अभियानको बेला पनि नेकपाका तर्फबाट मेयरका प्रत्यासी प्रकाश राईले करको विषयमा पुनरावलोकन गर्ने र जनताले तिर्न सक्नेगरी व्यवस्थापन गर्ने अभिव्यक्ति दिएका थिए ।

nekapa